;

सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैँचा नगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरूको सहज जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले घरदैलोमै पुगेर ह्विलचेयर वितरण अभियान सञ्चालन गरेको छ।

वडा नम्बर ४ काे कार्यालयमा आयाेजित कार्यक्रम नगरप्रमख केदारप्रसाद गुरागाईंकाे प्रमुख आतिथ्यतामा गरिएको थियाे ।
साे कार्यक्रम पछि उपप्रमुख अकली चौधरीको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीले फरक क्षमता भएका नागरिकको घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेको हो।

ह्विलचेयर वितरणका क्रममा उपप्रमुख चौधरीले फरक क्षमता भएका नागरिकको सम्मानजनक जीवन, सहज आवतजावत र सामाजिक सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताइन् ।

तपाईको प्रतिक्रिया

;