;

सुन्दरहरैंचा / शिक्षण क्षेत्रमा दक्ष जनशक्ति र विद्यालयबीच समन्वय गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले ‘एडुस्टाफ सोलुसन’ सञ्चालनमा आएको छ।

सुन्दरहरैंचा–९, बुधबारेस्थित प्याबसन कार्यालयसँगै रहेको संस्थाले योग्य तथा अनुभवी शिक्षक, प्रशासनिक कर्मचारी र सहयोगी जनशक्तिलाई विभिन्न विद्यालय तथा शैक्षिक संस्थासँग जोड्ने जनाएको छ।
संस्थामार्फत पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षक, विषयगत शिक्षक, अकाउन्टेन्ट, प्रशासनिक कर्मचारी, रिसेप्सनिस्ट, स्कुल सेक्रेटरी, एकेडेमिक कोअर्डिनेटर, ल्याब तथा आईटी असिस्टेन्ट, लाइब्रेरियन, ड्राइभरलगायतका पदमा रोजगारीका अवसर उपलब्ध गराइने बताइएको छ।

संस्थाका सञ्चालक सूर्य दंगालले योग्य जनशक्तिलाई उपयुक्त विद्यालयसँग जोड्दै शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको बताए।

कोशी प्रदेश एन प्याब्सनका अध्यक्ष कमल खनालले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा दक्ष र जिम्मेवार जनशक्तिको महत्वपूर्ण भूमिका रहने भन्दै एडुस्टाफ सोलुसनको सफलताको शुभकामना व्यक्त गरे।

संस्थाले फ्रेस ग्राजुएट, अनुभवी जनशक्ति तथा तालिमप्राप्त शिक्षकलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरेको छ। इच्छुकले शैक्षिक प्रमाणपत्र, बायोडाटा, नागरिकता र अनुभवसम्बन्धी कागजातसहित सम्पर्क गर्न सक्नेछन्।सम्पर्क : ९८५२०५५६५२

तपाईको प्रतिक्रिया

;