सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजको आयोजनामा “नारी सम्मान” कार्यक्रम सम्पन्न भएको छ।
आइतबार जेसिज सचिवालयमा आयाेजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरिएको कार्यक्रम संयाेजक अल्का सुवेदीले बताउनुभयो ।
कार्यक्रममा सफारी चालकका रूपमा विगत ६ वर्षदेखि नि...
स्थानिय
मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी : डा. शेखर कोइराला पराजित
सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो।
निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२...
मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी
सुन्दरहरैँचा / मोरङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्।
‘घन्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ‘रुख’ चिन्हबाट २४ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यसैगरी ‘माटो’ चिन्हका उम्मेदवार अमिर मगरले १६...
मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय
सुन्दरहरैंचा / मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो।
मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्...
हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० मा अवस्थित हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य तथा सफल रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, न...
साजीलाल मा.वि. मा नेपाल जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्लाको आयोजना तथा साजीलाल माध्यमिक विद्यालयको आतिथ्यमा ४३औँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठी फागुन ८ र ९ गते सुन्दरहरैँचा स्थित साजीलाल माध्यमिक विद्यालयमा आयोजना भएको थियाे । पहिलो दिनको गोष्ठीमा प्रमुख अतिथि सुन्दरहरैँचा नगर प्रमुख केदारप्रसाद गुरागाई रहेका थिए। कार्यक्रममा पूर्व सर्कल स...
प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव : मुख्यमन्त्री कार्कीले गरे उदघाटन
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङ सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सिपको उत्सव सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सोमबारदेखि सुरू भएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुन...
इटहरीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई स्वागत : साहित्यकारद्वारा समसामयिक कविता वाचन
मणिराम दाहाल / सुन्दरहरैँचा
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई इटहरीमा भव्य स्वागत गरिएको छ ।
नेपालबिट इटहरीको आयोजनामा इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न ‘इटहरी–प्रज्ञा–संवाद’ कार्यक्रममा २२ जना साहित्यकारले समसामयिक कविता वाचन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले “भाषा, साहित्य र कलाको विकास नै देशको दिगो तथा असल विकासको आधार” भएको उल्लेख गरे । नेपालका गाउँग...
लभ्ली एन्जल्स् बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित
सुन्दरहरैँचा / लभ्ली एन्जल्स् इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियास्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदा...
धरान गुञ्जाए गायक हेमन्त शर्माले
सुन्दरहरैँचा / सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एकदर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिएका छन् ।
नझरेका फूलहरूको आयोजनामा धरान आएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका थिए । साङ्गीतिक प्रस्तुतिका लागि पहिलोपटक धरान आएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन्। साङ्गीतिक प्रस्तुतिका लागि...









