मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय
सुन्दरहरैंचा / मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो।
मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्...









