चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई
सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ।
सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन...









