लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा
पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्।
निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...









