;

सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।

फाइनल खेल भुल्के वारियर्स र पाथीभरा टाइटन्स बीच भएको थियो। सो खेलमा भुल्के वारियर्स जित हासिल गर्दै कप जितेको छ। भुल्के वारियर्सले पाथीभरा टाइटन्स लाई ३३ रनले पराजित गरेको हाे ।

प्रतियोगितामा वेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घाेषित भए । वेस्ट बलर भुल्के वारियर्सका युगान्त बाम्बुले राई भएका छन्। साथै प्रतियोगिताका उदयमान खेलाडी विराट वारियर्सका रोहन श्रेष्ठ रहेका छन। सो प्रतियोगिताका प्लेयर अफ टुर्नामेन्ट भुल्के वारियर्सका ज्ञातव्य सुवेदी भएका छन्।

फाइनल खेलका म्यान अफ दि म्याच भुल्के वारियर्सका उदय शाह रहेका छन्।

तपाईको प्रतिक्रिया

;