;

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाल...

NPL को तेस्रो सिजनका लागि PLO ग्रुप र विराटनगर किङ्सबीच प्रायोजक सम्झौता

NPL को तेस्रो सिजनका लागि PLO ग्रुप र विराटनगर किङ्सबीच प्रायोजक सम्झौता
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–स्थित विराटचोकमा रहेको पिएलओ ग्रुप (PLO) र विराटनगर किङ्सबीच नेपाल प्रिमियर लिग (NPL) को तेस्रो सिजनका लागि प्रायोजक सम्झौता भएको छ। विराटचोकस्थित नेपालिरिका होटलमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा विराटनगर किङ्सका स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पिएलओ ग्रुपका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गरेका छन्। ...

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण
मोरङ / प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधवार कोसी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन् । ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका...

उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष गायत्री कटवाल भण्डारी निर्वाचित …

उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष गायत्री कटवाल भण्डारी निर्वाचित …
इटहरी / उद्योग वाणिज्य संघ इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्। भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतको झिनो अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए। उद्योग वाणिज्य संघ इटहरीकी पूर्व...

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास...

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा / पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने बताएका हुन् ।विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा र शेखर काेइराला पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले...

दम्भको पतन र परिवर्तनको हुङ्कार

दम्भको पतन र परिवर्तनको हुङ्कार
- छवि वैरागी घिमिरे नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल चुनावी प्रतिस्पर्धा होइन। यो पुरानो मानसिकता र नयाँ चेतनाबीचको सङ्घर्ष हो। दशकौँदेखि सत्ता वरिपरि घुमिरहेकाहरूले राज्यलाई आफ्नै सम्पत्ति जस्तो ठान्ने भूल गरे। परिणामस्वरूप जनतामा निराशा,आक्रोश र परिवर्तनको तीव्र चाहना जन्मियो। लामो समयदेखि सत्ता चलाउँदै आएका नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेकपा म...

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी : डा. शेखर कोइराला पराजित

मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी :  डा. शेखर कोइराला पराजित
सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो। निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२...

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी

मोरङ–३ रास्वपाबाट गणेश कार्की विजयी
सुन्दरहरैँचा / मोरङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्। ‘घन्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ‘रुख’ चिन्हबाट २४ हजार ३५४ मत प्राप्त गरेका छन्। त्यसैगरी ‘माटो’ चिन्हका उम्मेदवार अमिर मगरले १६...

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय
सुन्दरहरैंचा / मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो। मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्...
;