सुन्दरहरैँचाका टाेलवासीले सडकमा धान रोपेर गरे विराेध
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
लामो समयदेखि सडक जीर्ण र हिलाम्मे बनेपछि आवतजावतमा समस्या भएको भन्दै स्थानीयले अनौठो शैलीमा विरोध जनाएका हुन्। स्थानीयका अनुसार वर्षायाममा सडक हिँड्नै नसकिने अवस्थामा पुगेको छ भने सवारीसाधन सञ्चालन गर्न समेत कठिन हुने गरे...








