बाल सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’
सुन्दरहरैँचा / विद्यार्थीहरूलाई मनोरञ्जनमार्फत सकारात्मक सन्देश र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीले विराटचोकको विराट सिने हल रिजर्भ गरी नेपाली चलचित्र ‘रोल नं. १’ प्रदर्शन गरेको छ।
बाल मनोविज्ञान, शिक्षा र प्रतिस्पर्धाको दबाबलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै महत्वपूर्ण सिकाइ पनि प्रदान गरेको विद्यालय...









