पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पिएलओ (PLO) ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी ...









