;

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए।यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा ...

सुन्दरहरैँचामा अन्तरविद्यालय छात्रा कबड्डी प्रतियोगिता

सुन्दरहरैँचामा अन्तरविद्यालय छात्रा कबड्डी प्रतियोगिता
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोग तथा परोपकार महिला समूह, सुन्दरहरैँचा–१० को आयोजनामा असार ४ र ५ गते सुकुना खेल मैदानमा “सुन्दरहरैँचा नगरपालिका अन्तर विद्यालय छात्रा कबड्डी प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका छात्रा टोली सहभागी हुनेछन्। विजेताले रु १५ हजार नगदसहित ट्रफी र मेडल तथा उपविजेताले रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त...

सुन्दरहरैँचाका टाेलवासीले सडकमा धान रोपेर गरे विराेध

सुन्दरहरैँचाका टाेलवासीले सडकमा धान रोपेर गरे विराेध
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि सडक जीर्ण र हिलाम्मे बनेपछि आवतजावतमा समस्या भएको भन्दै स्थानीयले अनौठो शैलीमा विरोध जनाएका हुन्। स्थानीयका अनुसार वर्षायाममा सडक हिँड्नै नसकिने अवस्थामा पुगेको छ भने सवारीसाधन सञ्चालन गर्न समेत कठिन हुने गरे...

दलित अधिकार र स्थानीय विकासमा योगदान पुयाउने दुई व्यक्तित्व सम्मानित

दलित अधिकार र स्थानीय विकासमा योगदान पुयाउने दुई व्यक्तित्व सम्मानित
सुन्दरहरैँचा / बेलबारीमा दलित अधिकार, सामाजिक सशक्तीकरण तथा स्थानीय विकासमा उल्लेखनीय योगदान पुयाउने दुई जना व्यक्तित्वलाई सम्मान गरिएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा बेतना राष्ट्रिय दैनिकको आयोजनामा जेठ २१ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको १० दिने उद्घोषण तथा क्षमता विकास तालिमको समापन समारोहका अवसरमा सम्मान गरिएको हो। कार्यक्रममा दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोल...

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू
सुन्दरहरैचा / घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजनामा सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित शिव पञ्चायन मन्दिर परिसरमा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ। महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सुन्दरहरैचा नगरपालिका वडा नं. १, ६, ७ र ८ का ३५ जना विवाहित महिलाहरू सहभागी भएका छन्। सहभागीमध्ये करिब २५ प्रतिशत महिलाले य...

बाल सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’

बाल  सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’
सुन्दरहरैँचा / विद्यार्थीहरूलाई मनोरञ्जनमार्फत सकारात्मक सन्देश र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीले विराटचोकको विराट सिने हल रिजर्भ गरी नेपाली चलचित्र ‘रोल नं. १’ प्रदर्शन गरेको छ। बाल मनोविज्ञान, शिक्षा र प्रतिस्पर्धाको दबाबलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै महत्वपूर्ण सिकाइ पनि प्रदान गरेको विद्यालय...

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ गरिएको छ। १५ दिने उक्त तालिममा १५ जना सहभागी रहेका छन्। तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बत...

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा  युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ। उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करि...

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई
सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ। सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन...

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
काठमाडौं / चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा र...
;