चौथो सुन्दरहरैंचा मेयर गोल्डकप : विजेतालाई ४ लाख, उपविजेतालाई २ लाख पुरस्कार
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजना हुन लागेको चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ को विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।
पुरस्कार रकममा प्रचलित नियमअनुसार करकट्टी समेत गरिने सुन्दरहरैंचा खेलकुद विकास समन्वय समिति सचिव खडग श्रेष्ठले जानकारी दिएका छन्। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना ...









