निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचाको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक
सुन्दरहरैँचा / निवृत्त राष्ट्रसेवक समाज, नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिकीकरण कार्यक्रम बुधबार सुन्दरहरैँचा वडा -९ सलकपुरमा सम्पन्न भएको छ।
‘सबै निवृत्त राष्ट्रसेवक एक हौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, न्यायसेवा तथा विभिन्न संघसंस्थाबाट सेवानिवृत्त राष...









