लेटाङ नगरपालिकाद्वारा नगर लोगो, नगर गान र नगर फूल सार्वजनिक
लेटाङ / लेटाङ नगरपालिकाले नगरको आधिकारिक लोगो, नगर गान र नगर फूल सार्वजनिक गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा यी तीनै प्रतीकहरूको विमोचन गरिएको हो। कार्यक्रमको सुरुवात तामाङ समुदायको परम्परागत “सेर्गेन” गाएर सुनाइएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक गरिमा प्रदान गरेको थियो।
लेटाङ क्षेत्रमा ४७ भन्दा बढी प्रजातिका सुनाखरी (अर्किड) पाइने भएकाले सुनाखरी फूललाई नै नगर फूलका...









