सुन्दरहरैँचा / निजामति सेवामा ४० वर्ष ४ महिना १५ दिन लामो सेवा अवधि पूरा गरी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने आइतवारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको छ। न्यौपानेले आफ्नो दीर्घ प्रशासनिक यात्राका क्रममा साथ, सहयोग र सहकार्य प्रदान गर्ने परिवार, सहकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा सुन्दरहर...

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी
आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा  खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्न...

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको ३४औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए। साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले  थिए। प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्था र समुदाय...

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव
सुन्दरहरैँचा / पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् । १९९० साल असोज २८ गते साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिक...

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप : प्लानिङ ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप : प्लानिङ ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश
सुन्दरहरैँचा / प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएकाे क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब धनकुटालाई ० काे विरुद्ध १ गाेल अन्तरले प्लानिङ विजयी भएकाे हाे । मध्यान्तर अघिकाे थप गरिएकाे २ मिनेेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ ...

नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव

नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको एनएनसीसी कलेजमा नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरू भएको छ । वार्षिकोत्सवको उद्घाटन सत्रमा   नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै, आस्था रत्न सम्मानद्वारा रत्नबहादुर राईलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बप्तिस युवा सङ्गतिको डायस्पोरा मिनिस्टरीको घो...

 विराट मेडिकलमा रगतको अभाव 

 विराट मेडिकलमा रगतको अभाव 
सुन्दरहरैँचा / मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट...

हिमालय इंग्लिस स्कुलका  खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड

हिमालय इंग्लिस स्कुलका  खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड
सुन्दरहरैंचा / एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका  १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो। उनले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम ...

कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय

कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय
सुन्दरहरैँचा / कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताउनुभयो। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको त...

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
सर्लाही। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो। शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन...