सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा १२ स्थित स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२औँ पुण्यतिथीको अवसरमा “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ।
ढकाल दम्पतीका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार बराबरको बैंक चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरे । ...








