नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक
सुन्दरहरैंचा / पूर्वेली लोकसंगीतको मिठास बोकेर उदाउँदै गरेका प्रतिभाशाली नवगायक दिलिप लिम्बुले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण सुरुवात गर्दै एकै साथ दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
मोरङको केराबारीमा जन्मिएर हाल सुन्दरहरैंचा–गोठगाउँमा बसोबास गर्दै आएका लिम्बुले “लैजाउला हङकङ सहरमा” र “मुलघाटैको पुलमा” बोलका गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरेका हुन्...









