लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न : अध्यक्षमा योजना शर्मा ढकाल
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित नेपालीरिका होटलमा लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाले योजना शर्मा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा रेवन्त कार्की, द्वितीय उपाध्यक्षमा कल्पना दाहाल, तृतीय उपाध्यक्षमा सुनिता पोखरेल ढकाल, कोषाध्यक्षमा जानुका थापा, सचिवमा डम्बर कार्की, सहसचिवमा प्रमिला खड्का तथा प्...









