;

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू
सुन्दरहरैचा / घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजनामा सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित शिव पञ्चायन मन्दिर परिसरमा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ। महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सुन्दरहरैचा नगरपालिका वडा नं. १, ६, ७ र ८ का ३५ जना विवाहित महिलाहरू सहभागी भएका छन्। सहभागीमध्ये करिब २५ प्रतिशत महिलाले य...

बाल सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’

बाल  सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’
सुन्दरहरैँचा / विद्यार्थीहरूलाई मनोरञ्जनमार्फत सकारात्मक सन्देश र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीले विराटचोकको विराट सिने हल रिजर्भ गरी नेपाली चलचित्र ‘रोल नं. १’ प्रदर्शन गरेको छ। बाल मनोविज्ञान, शिक्षा र प्रतिस्पर्धाको दबाबलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै महत्वपूर्ण सिकाइ पनि प्रदान गरेको विद्यालय...

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ गरिएको छ। १५ दिने उक्त तालिममा १५ जना सहभागी रहेका छन्। तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बत...

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा  युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ। उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करि...

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई
सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ। सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन...

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
काठमाडौं / चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा र...

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा  सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पिएलओ (PLO) ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी ...

लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न : अध्यक्षमा योजना शर्मा ढकाल

लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न : अध्यक्षमा योजना शर्मा ढकाल
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित नेपालीरिका होटलमा लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले योजना शर्मा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा रेवन्त कार्की, द्वितीय उपाध्यक्षमा कल्पना दाहाल, तृतीय उपाध्यक्षमा सुनिता पोखरेल ढकाल, कोषाध्यक्षमा जानुका थापा, सचिवमा डम्बर कार्की, सहसचिवमा प्रमिला खड्का तथा प्...

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्य: सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी ...

समाजसेवाबाट नेतृत्वतर्फ : सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता

समाजसेवाबाट  नेतृत्वतर्फ :  सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिका निवासी समाजसेवी, व्यवसायी तथा राजनीतिज्ञ देवराज तामाङ मोक्तान लामो समयदेखि सामाजिक सेवा, राजनीति तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले सुन्दरहरैँचाको समृद्धि, सुशासन तथा दिगो विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन्। तामाङ आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व सम्हाल्ने तयारीमा देखिएका छन्। वि.सं. २०३५ साल वैशाख २० गते ...
;