सुन्दरहरैँचा नगर अस्पतालमा अब आइतबार पनि ओपिडी सेवा: बिरामीलाई थप सहज
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगर अस्पतालले हरेक आइतबार सार्वजनिक बिदा हुँदा सेवा अवरुद्ध भई अन्य दिनहरूमा अत्यधिक भीडभाड बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै आइतबार पनि सीमित OPD सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
अस्पतालले दिएको जानकारी अनुसार वैशाख ६ गते आइतबारदेखि लागू हुने गरी हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म १ जना चिकित्सकमार्फत OPD सेवा उपलब्ध गराइनेछ। यस निर्णयले अन्य दिन...









