सुन्दरहरैँचामा श्रीकृष्ण प्रणामी मन्दिर स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्याली सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको छ।
स्वर्ण महोत्सव मूल समारोह समितिको आयोजनामा तथा मोटरसाइकल र्याली व्यवस्थापन उप–समितिको संयोजनमा आयोजित र्याली बिहान ८ बजे सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर (विराटचोक) बाट सुरु गरिएको थियो।धार्मिक तथा सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले...








