✍️ कमला प्रसाईं – साहित्यकार
बालेन साह जी को पहिलो चुनावी हतियार लौरौ अनि रवि लामिछाने जी को घण्टी !
लौरो टेक्ने सहारा, बुढेसकालमा वृद्धहरुको सहारा लौरो अनि मन्दिरमा घण्टीको धुनले वातावरण नै अलौकिक बन्छ, मलाई दुबैबाट देशले परिवर्तन गर्लान् भन्नेआशा जागेको थियो तर जब सिंहदरबार जल्यो नि त्यसपछि अहिलेको काम हेर्दैछु टाढाबाट, मलाई अब रबि र बालेन पनि राजनीतिक रुपमा आलोकाँचो लाग्न थालेको छ! जुन लौरो र घण्टीको सुवास जाग्नुपर्ने त्यो देख्दिन अहिले ! बुढापाकाको पनि सल्लाह लिने अनि आफ्नो धर्म संस्कृतिको पहिचान जोगाउने काम खोइ त? आफुले लिएको चुनावी चिन्हले दिने संकेत काम गराईमा खासै देखिएको छैन अहिले,
देशको सेवा गर्न कुनै पार्टीको झोला भिर्नुपर्ने आवश्यकता पनि छैन अनि आँलाकाँचा युवाहरु कतैबाट संचालित हुनु हुँदैन,
अब म प्रसङ्ग अर्कैतिर मोड्दैछु, मैले 2006 मा अमेरिकाको न्यूयोर्कमा एउटा गजल साँझको आयोजना गरेकी थिए, त्यो कार्यक्रम N&J Entertainment inc ले आयोजना गरेको थियो, म संस्थाको अध्यक्ष थिए, मेरो योजनामा त्यो कार्यक्रम न्यूयोर्कको सत्यनारायण मन्दिरको हलमा भएको थियो, कार्यक्रमको शीर्षक गजल सुमधुर साँझ थियो जुन कार्यक्रम बाल्टिमोरबाट आएर मित्र रवि लामिछाने जी ले सन्चालन गर्नु भएको थियो, कार्यक्रम उदघोषक रवि जी हुनुहुन्थ्यो उहाँलाई कार्यक्रम चलाए बापत मैले ३०० डलर उहाँको पारिश्रमिक पनि दिएको थिए,उहीँ मित्र रवि जी आज नेपाल हल्लाउन सफल कि असफल के भनौं, कलाकार , पत्रकारबाट नेता बन्नु भएको छ!, हामी भने बच्चाको पढाइ आफ्नो ईमानदारिता कायम राखेर अझै अमेरिकामा नै छौ तर गर्व लाग्छ एउटा कुरामा अमेरिका बसे पनि नेपालको माया मुटुभरी छ, आफु जन्मेको जन्मभूमि हो, माया त मनभित्र छ र मैले देश नेपालका लागि सकेको सहयोग पनि गरि नै राखेकी छु। अमेरिकामा मेहनत गर्नेका लागि अमेरिका स्वर्ग छ, अल्छी ठगहरु टिक्न नसकेर देश फर्केको कथा पनि त्यत्तिकै छ, देशको माया गर्न देश भित्र बस्नु पर्छ भन्ने छैन् देशमा बसेर सिंहदरबार जलाउने भन्दा देशलाई शिरमा राखेर देश बाहिरबाट भए पनि देशका निम्ति राम्रो सोच्ने ब्यक्ति सच्चा देशभक्त हो, देशभित्र बसेर नाराजुलुस गर्न उस्काउने, जेलभित्र बसेर देश जल्दा हाँस्ने नेपाली नेपाली हुन सक्दैन, देशबाहिर रहेर पनि दुई डलर बचाएर भए पनि आप्ग्नो परिवार पाल्ने नेपाली सच्चा नेपाली हो किनकि उसले इमानदार भएर आफ्नो परिवार त पालेको छ!
एक छाक मासुभात पेट भरी खुवाएर नाराजुलुस गर्दै देश चलाउन निर्दोष जनता उस्काउने अपराधीहरुलाई खबरदारी गर्दछु, त्यो देश तिमीहरुको मात्र होइन, वीर पू्र्खाहरुले आर्जेको मुलुकलाई ध्वस्त पार्ने अधिकार कसले दियो तिमीहरुलाई?
हामी प्रवासमा बस्ने प्रवासी नेपालीहरुको मन धरधरी रोएको छ! सिंहदरबार जल्दा हरेक देशभक्तहरुको मन रोएको छ!
आफू राजनीतिमा आउनको लागि के सिंहदरबार जलाउन आवश्यकता थियो र ??
त्यो सिंहदरबार जलाउन उस्काउनेहरुलाई खोजी खोजी यो सरकारले कार्वाही गरोस् पहिले?
हामी बिदेशमा रहने प्रवासी नेपालीहरुको पहिलो माग नै देश जलाउन उस्काउने आतंककारीहरुको खोजतलास हुनु पर्यो!
इतिहास साँच्चै नै छ, 17000 निर्दोषहरु मर्दा नबनेको देश अब सजिलै बन्न गार्हो छ! त्यसैले प्रधानमन्त्री बालेन ज्यु हतारमा केही कुरा निर्णय नगरौ , अग्रजहरुसङ्ग पनि सल्लाह सुझाव लिने गरौं, घुस खाने र घुस दिने प्रथालाई चाहिँ सखाप पार्न जसले जान्यो उसले मात्र देश बनाउन सक्छ, घुस्याहा प्रणालीले देश बन्ने छैन।
फलेको हाँगो झुकेको नै राम्रो हुन्छ, नेता भनेको जनताको नोकर हो, जनताले राम्रो काम गर्न चुनेर पठाएको प्रतिनिधि , हो जनताको प्रतिनिधि जनता जस्तै साधारण पहिरनमा साधा जीवन र उच्च बिचारको अनि जनतासङ्ग घुलमिल भैरहनुपर्छ।
घमण्ड र ठुलो पल्टने काम गर्नु हुँदैन तबमात्र जनताको नेता बनिन्छ।
अन्तिममा बालेन र हर्क रविलाई सम्मान गर्ने मान्छे म
सम्मान कै दर्जा मा रहनु होला,
तपाईंहरुलाई जनताले औंला ठड्याउने दिन नआओस्
सुझाव छ- देशका संरचनाहरु ध्वस्त भएका छन् देशका सिमानाहरु भारततिर बैना गर्नु भएन, सिमाना जोगाउनेतिर ध्यान जाओस् , शिक्षा बाटोघाटो र स्वस्थ्यमा सुधार होस् , हाम्रा पूर्खाहरु अनि देश बनाउनेहरुको सम्मान होस्
शुभकामना । जय श्री पशुपतिनाथ
हाल – अमेरिका, न्यूयोर्क





