सुन्दरहरैँचा / सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ६ स्थित पूर्वाञ्चल आइसक्रिम पार्लर भएको भवनमा आगलागी भएको छ।
बुधबार भएको उक्त आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।आगलागी नियन्त्रणका लागि धरान, विराटनगर, सुन्दरहरैँचा, दुहबी, इनरुवा र बेलबारीबाट आएका दमकलहरूको सहयोग लिइएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार बिजुली सर्टसर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





