;

सुन्दरहरैँचा / मोरङ–३ का नागरिकले नोबेल मेडिकल कलेज टिचिङ अस्पताल मार्फत पाउँदै आएको निःशुल्क उपचार सेवा रोकिएको भन्ने हल्ला निराधार भएको डा. सुनिल शर्माले बताएका छन्।

सामाजिक सञ्जालमा “मोरङ–३ का जनताले नोबेल अस्पतालमा पाउँदै आएको छुट तथा निःशुल्क उपचार सेवा बन्द हुने” भन्ने समाचार फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे।

डा. शर्माका अनुसार मोरङ–३ का दुखी, गरिब तथा विपन्न वर्गका नागरिकका लागि प्रदान हुँदै आएको निःशुल्क उपचार सेवा निरन्तर सञ्चालनमा रहनेछ। उनले यस सेवा बन्द नहुने र पहिलेझैँ निरन्तर जारी रहने जानकारी दिए।

“मोरङ–३ का दुखी, गरीब तथा विपन्न वर्गका नागरिकका लागि नोबेल अस्पतालमार्फत निःशुल्क उपचार सेवा निरन्तर सञ्चालन हुनेछ,” उनले भने। यसअघि सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण सेवाग्राहीहरूमा अन्योल उत्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

;