माेरङ / मोरङको बेलबारीबाट अवैध नदिजन्य पदार्थ ढुङ्गा सहित ट्याक्टर प्रहरीले पक्राउ गरेको छ।

बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोलाको बगरबाट को २ त ६३९६ नम्बरको ट्याक्टरले अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी ल्याउदै गरेको भन्ने सूचनाको आधारमा तत्कालइलाका प्रहरी कार्यालय बेलबारीबाट टोलीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उक्त ट्याक्टरलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया