;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा आयोजित अन्तरविद्यालयस्तरीय ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको छ।

सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरीका २६ विद्यालय सहभागी थिए। लभ्ली एन्जल्सले १२० अङ्कसहित प्रथम स्थान हासिल गर्दा सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय १०५ अङ्कसहित द्वितीय, सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल ९५ अङ्कसहित तृतीय र शिशिर एकेडेमी ८० अङ्कसहित सान्त्वना भए।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

;