सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । देशकै उत्कृष्ट क्यूएए (QAA) मान्यता प्राप्त क्याम्पसका रूपमा परिचित क्याम्पसले विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टिमलाई नगदसहित सम्मान ...









