चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित
चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विगत १६ वर्षदेखि फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठले कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर काम गर्दै आएका छन्। पछिल्लो ७ वर्षदेखि उनी ‘पर...









