सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ।
विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...









