भारतीय संगीत जगतकी महान तथा बहुमुखी गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

मुटु तथा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई शनिबार साँझ भारतको मुम्बईस्थित Breach Candy Hospitalमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेपाली गीतमा अमर स्वर
आशा भोसलेले नेपाली गीत–संगीतमा समेत अविस्मरणीय योगदान दिएकी थिइन्। उनले गाएका धेरै गीत नेपाली श्रोतामाझ आज पनि उत्तिकै लोकप्रिय छन्।

उनका चर्चित नेपाली गीतहरूमा:
🎙️ गैरी खेतको सिरै हान्यो
🎙️ बसन्त नै बस्न खोज्छ यहाँ
🎙️ साउने झरीमा
🎙️ दियो बाली साँझको
🎙️ मोहनी लाग्ला है
🎙️ पहाडको माथि घुम्दै उडेर
🎙️ किन बढ्दैछ ढुकढुकी
🎙️ आज हाम्रो भेट भाको दिन
🎙️ एउटा मान्छे मन पर्छ
🎙️ यति धेरै माया दियौ
🎙️ माया त माया हो
🎙️ गुराँस फूल्यो वनैभरी लगायतका गीत समावेश छन्।

आठ दशक लामो संगीत यात्रा
आशा भोसलेले हिन्दी, मराठी, नेपालीसहित विभिन्न भाषामा हजारौं गीत गाएकी थिइन्। उनी भारतीय चलचित्र संगीत इतिहासकै सबैभन्दा सफल र बहुमुखी गायिकामध्ये एक मानिन्छिन्। उनको स्वरले दक्षिण एसियाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

उनको निधनपछि भारत तथा नेपालका संगीतकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। आशा भोसलेको निधनसँगै दक्षिण एसियाली संगीतको एक स्वर्णिम युग समाप्त भएको टिप्पणी गरिएको छ। उनका अमर गीतहरू भने सधैं श्रोताको मनमा गुञ्जिरहनेछन्।

तपाईको प्रतिक्रिया