✍️ कमला प्रसाईं – साहित्यकार

हामी बिदेशमा बस्ने प्रवासी नेपालीहरुले आफू जन्मेको देश र त्यो देशमा बस्ने नेपालीहरु रोएको हेर्न चाहन्नौ, बिदेशमा बस्ने प्रवासी नेपालीहरुले आफू जन्मेको माटोलाई मुटुमा राखेर हिडेका हुन्छन् तर देशभित्र बस्नेहरुले त्यो कुरा बुझ्न जरुरी छ कि हामीभित्र पनि देश लुकेको छ अनि हामीले हाम्रो भाषा , धर्म, संस्कृतिलाई सँङ्गै लिएर हिडेका हुन्छौं, जतिबेला देश दुख्छ त्यतिबेला हामीलाई पनि दुखेको हुन्छ!

राजा भएको देश जतिबेला थियो त्यतिबेला देशको स्वाभिमान छुट्टै थियो अनि संसारले नेपाललाई हेर्ने दृष्टिकोण नै छुट्टै थियो, राजा आफैमा गलत कहिल्यै थिएनन् , गलत सावित गरियो, इतिहास साँची नै छ, शाहवंशीय राजाहरुले कहिल्यै एकलौटी शासन गरेनन् उनीहरु जनताको दुखसुखमा मलम लगाउने चाहन्थे तर राजाहरुका आसेपासे अनि सल्लाहकारहरुको कारणले राजाहरलाई बदनाम र कम्जोर बनाउने तर्फ लागे, शक्तिको अगाडि आसेपासेहरुले ईमानदारिता गुमाएर राजाहरुको दृष्टिमा नकारात्मक भ्रम फैलाउने काम गरे।
महत्त्वपूर्ण कुरा राजसंस्था कहिल्यै गलत थिएन, तिनै राजाका पालामा बनेका कलकारखाना आज ठप्प बन्द भएका छन्
के अब नयाँ सरकारले ती पुराना कल- कारखाना पुनः निर्माण गरेर, खोलेर बिदेश जानबाट जनतालाई रोक्न र बचाउन सक्छन् त?
सर्व प्रथम त खाडी मुलुक जानबाट जनतालाई रोक्नु पर्यो!
नत्र हरेक दिन बाकसमा लासहरु फर्केको आमाबुबाले देख्न नपरोस् !
बिदेश गएका नेपालीहरुलाई आफ्नो देश फर्कन मन लाग्ने वातावरण यो सरकारले निर्माण गरेको हेर्ने रहर छ!
पुराना नेताहरुलाई जेल हालेर सजाय दिनु भन्दा सबै पुराना नेताहरुलाई भेला गरेर संम्पतिमाथि छानबिन प्रक्रिया शुरु गरियोस् , अभिभावकहरुलाई लात्तीले हान्दैमा देश बन्नेछ र?
आन्दोलनको नाममा देशका प्रधानमन्त्री बनिसकेका ब्यक्तिलाई अनि परराष्ट मन्त्री भैसकेको ब्यक्तिलाई लात्तीले हान्ने अधिकार कुन कानुनले तिनीहरुलाई दिएको थियो?
आन्दोलन अनि तोडफोडले देश बन्छ झन हजारौं बर्ष लाग्छ देश बनाउनलाई!
सिहदरबार जलेको हेर्दा बिदेशमा बस्ने लाखौ नेपालीहरुको मन रोएको छ!
त्यतिबेला कता हराए काठमाडौं शहरका ठुलाबडाहरु?
किन जलाईयो सिहदरबार? खोइ छानबिन ?
अब सबै मिलेर शान्तिसङ्ग देश बनाउनेतर्फ लाग्ने कि फेरि रिस साँध्नेतिर र जेल कोच्नेतिर मात्र ध्यानाकर्षण गराउने हो ?
३५ बर्षसम्म केही उन्नति नभएको अब एकै बर्षमा कसरी हुन सक्छ ?!
अर्कोकुरा बिदेशी कुटनितिज्ञ्हरुसङ्ग फोटो सेसन मात्र होईन देश बिकासमा अब जोड दिनु आवश्यक छ। जति नै परिवर्तन खोजेपनि राजाविनाको देश खोइ के देश! कस्तो देश?
के नपुगे जस्तो के हराए जस्तो?
प्रधानमन्त्री ज्यू राष्ट्रिय पोशाकमा देखिनु पर्यो अनि पुराना मन्त्रीहरुका श्रीमतीलाई घुस खाए भनेर लात्ती हान्ने जनताहरुले तपाईंहरुलाई गाली गर्न आएको हेर्न नपरोस् अब।
अन्तिममा एउटा कुरा भन्न मन लाग्यो, नेता भनेको सर्वसाधारण जस्तो हुनुपर्छ, सर्वसाधारणको पिर मर्का बुझ्ने हुनुपर्छ, आलोकाँचो रगतले मात्र देश बन्दैन त्यसैले सबैसङ्ग मिलेर देश बनाउनेतर्फ लागौं ।
चारैतिर संरचनाहरु ध्यस्त छन् तिनीहरूको मर्मत संभारतिर लागौं , देशलाई बिदेशी ऋणमा नडुबाउ, भारतले र अरु देशले दिएको ऋणहरु बिचार पुर्याएर मात्र खर्च गरौं , यदि बेलौमा होस नपुर्याए फेरि तपाईंहरुलाई होशियार भन्ने दिन देख्न नपरोस् ।
बाटोघाटो , पुलपुलेसाहरु, आकाशमा उड्ने जहाजहरु सबै मर्मत गरेर जाँचेर मात्र चलाइएको देख्न पाईयोस्।
बिषादी खानेकुराहरु बाहिरबाट नभित्र्याइयोस्, आफ्नै देशभित्र कृषि खेती उत्पादन होस् । स्वस्थ्य र शिक्षा प्रणालीमा सुधार होस् ।
अन्तिममा सकेसम्म यो सरकारले संवैधानिक राजसंस्थाको पुनःस्थापना गरेको देख्न पाईयोस्।
जय श्री पशुपतिनाथ

हाल – अमेरिका अमेरिका

तपाईको प्रतिक्रिया