मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १९ अाै बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सहकारीकाे साधारण सभामा प्रमुख अतिथि दुर्गा पाेखरेल थिए । साधारण सभाकाे कार्यक्रममा संस्थाका अध्यक्ष डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट संस्थाकाे गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव धुब्रप्रसाद दाहालबाट संस्थाकाे प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्य याेजना प्रस्तुत भएको थियाे । लेखा संयाेजक पुरूषाेत्तम नेपालबाट लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत भएको थियाे ।
सहकारीकाे साधारण सभामा वर्षकाे उत्कृष्ट ऋणी, वर्षकाे उत्कृष्ट बचतकर्ता, जेष्ठ सदस्य सम्मान , वर्षकाे उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कक्षा १२ पुरस्कार तथा वर्षकाे उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा संस्थाकाे आ.व. २०८१/०८२ मा सदस्य संख्या १७२२ तथा शेयर रकम रू २ कराेड ४३ लाख ६४ हजार ३ सय तथा बचत रकम रू ८ कराेड ५५ लाख १९ हजार ३ सय १ साथै काेष रकम रू १ कराेड ४६ लाख ५४ हजार ८ सय २८ तथा ऋण लगानी रकम रू ९ कराेड ४१ लाख २० हजार ३ सय ४६ रूपैया रहेको जानकारी गराइयाे । सहकारीकाे साधारण सभामा अनिता अधिकारी तथा सुनिता राईलाई पद पू्र्तीकाे लागि सर्वसम्मत रूपमा चयन गरि सपथ ग्रहण गरिएकाे थियाे ।कार्यक्रममा भाग्यशालो चिठ्ठाकाे कार्यकम गरिएकाे थियाे ।





