सुन्दरहरैँचा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले केराबारी ९ का अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुन्दरहरैंचा ९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइटेल, सह सचिवमा सीता चापागाई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह(कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाइ सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा गोविन्द खड्का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हिरादेवी लुइँटेल, नरेन्द्रकुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने निर्वाचित भएका छन् । २५ सदस्यीय जिल्ला समितिको रिक्त पद भूगोल तथा समावेशीताका आधारमा पछि पदपूर्ति गरिने अध्यक्ष अम्बिका भण्डारीले बताए ।





