सुन्दरहरैँचा / सूर्यदेवको आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ ।

छठ पूजाको आज पहिलो दिन  ‘नहाय–खाय’ मनाइँदै छ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ ।

आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ ।

तपाईको प्रतिक्रिया