;

✍️कमला प्रसाईं – साहित्यकार

राजसंस्था मात्र एउटा यस्तो संस्था हो जसले देश डुब्नबाट बचाउँछ नत्रभने देश धरापमा पर्ने सम्भावना देखिदैछ!
बालेन र रविबाट मैले धेरै आशा राखेकी थिए तर एकमहिना नपुग्दै जनताको चुल्होमा आगो नबल्ने अवस्था पो देखिदैछ !
महंगीले डाँडा काट्न लाग्यो पो भन्दैछन् त जनताहरु! जताबाट पनि गरीब जनताहरु मारमा परिरहेका छन् ! जनताको जीवन स्तर कहिल्यै सुध्रिने होला ?
जुन जोगी आए पनि कानै चिरिएको कथा त बन्दैन!
प्रधानमन्त्री ज्यू
तपाईं र रवि जी बाट जनताले धेरै आशा राखेका छन् जनताको आँशुले पिरोल्ने दिन नआओस् है।
अर्कोकुरा सांसदहरुको पहिलो तलब पशुपतिनाथ मन्दिर छेउछाउ बस्ने अनाथ र बुढाबुढीहरुको खानपिन र लत्ताकपडामा खर्च होस् । उपत्यका र उपत्यका बाहिर रहेका अनाथ र वृद्ध आश्रमहरुमा ध्यान जाओस् ।
अर्कोकुरा नेपालमा परेवा र ढुक्कुर मारेर खाने नियम बन्द गरियोस् किनकि परेवा भनेको शान्तिको प्रतिक हो, शान्तिको प्रतिक नै मारेर खाएपछि कताबाट देशमा शान्ति आउँछ!
शान्तिका प्रतिक परेवाका जोडीहरु कहिल्यै नमारौं।
त्यस्तै गरेर दिनहुँ जस्तो यातायात दुर्घटनामा परेको समाचारले मन रुन्छ! प्रधानमन्त्री ज्यू सिट भन्दा बढी मान्छे ओसारपसार गर्न नपाउने अनि पुराना गाडीहरू मर्मत नगरी नचलाउने नियम बनाउनु पर्यो!
आकाशमा उड्ने जहाजहरु पनि पुराना जहाजहरु बन्द गर्ने र चलाउनै परे जाँच गरेर मात्र उडाउने ब्यवस्था गरियोस् ।
चारैतिर पुल, बाटोघाटोको राम्रो स्याहार अनि मर्मत गरेर दर्हो बनाईयोस्।
घरेलु कारखानाहरुलाई जोड दिईयोस्, कृषि उत्पादनमा जोड दिनु महत्त्वपूर्ण आवश्यकता देखिन्छ। बाहिरबाट बिषादी फलफुल र खानेकुराहरु भित्र्याउन जोड दिनु भएन ।
सबैतिर संरचनाहरु ध्यस्त भएका छ्न् त्यतातिर ध्यान जाओस् , स्वस्थ्य र शिक्षामा सुधार होस् नैतिक शिक्षाको पठनपाठन फेरि शुरु गरियोस् । प्रत्येक बिधालयमा कम्तिमा दुईजना स्वस्थ्य कर्मी र प्राथमिक उपचारको ब्यवस्थापन गरियोस् किनकि अति जरुरी छ।
हरेक वडाहरुमा दमकल राख्ने ब्यबस्था होस् । ट्याक्सी
टेम्पूहरुको पैसा लिने मनपरि तन्त्र, घटाईयोस, एउटै रेटमा चल्न पाउने ब्यबस्था होस् । चारैतिरका सिमानाहरु मिच्न दिनु भएन त्यतातिर ध्यान जाओस् , ठुलठुला नदीहरुले बर्सेनि बगाएको ईतिहास साँची छ, पुलपुलेसाहरु दर्हो बनाउनेतर्फ ध्यान जाओस् ।
अस्पतालमा पैसा नभएर कोही बिरामी मर्न नपरोस् । नककली डाक्टरहरुको छानबिन होस् । डाक्टरहरु बिदेश पलायन हुने बाटो बन्द होस् ।
बिदेशमा भएका नेपालीहरु घर फर्केर आउने वातावरण बनोस् ।
अन्तिममा अन्तिम राष्ट्रपतिलाई बिदाई गर्दै राजासहितको प्रजातान्त्रिक नेपालको पून निर्माण भएको देख्न पाईयोस्।
एउटा कुरा भन्न मन लाग्यो – प्रजातान्त्रिक राजसंस्था आएको हेरेर मात्र देश फर्कने ईच्छा छ धेरै नेपाली मनहरुलाई।
जय श्री पशुपतिनाथ

तपाईको प्रतिक्रिया

;