विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?
विराटनगर / मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ।
हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए उत्कृष्ट सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो सं...









