सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्य: सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ।
विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी ...









