सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ।
उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करि...









