इन्द्रपुर नमुना माध्यमिक विद्यालयको धान रोपाइ कार्यक्रम
सुन्दरहरैँचा / राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा इन्द्रपुर नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको धान रोपाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। खेतमै धान रोपेर विद्यार्थीहरूले नेपाली कृषि संस्कृति, किसानको मेहनत र श्रमको महत्वलाई व्यवहारमै आत्मसात गरेका थिए। धान रोपाइ कार्यक...









