सुकुना क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम हुँने : छात्रवृत्ति कोष स्थापना मुख्य उद्देश्य
मणिराम दाहाल / सुन्दरहरैँचा
स्वर्गीय नेपाली र्यापर यमबुद्ध (अनिल अधिकारी) को स्मृतिमा सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध श्रद्धाञ्जली तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
यमबुद्ध फाउन्डेसनको आयोजनामा माघ १ गते कार्यक्रम हुन लागेको हो। सुन्दरहरैँचा–१२, मोरङमा आयोजना हुने यस कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब, असहाय तथा पढाइबाट वञ्चित विद्यार...









