कोशी प्रदेशको पर्यटन र विकास
- खेमचन्द्र वस्ती
नेपालको पूर्वी भूभागमा अवस्थित कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताले भरिएको प्रदेश हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावट, अनेकौं नदी झरना, हरियाली वन, पहाडी गाउँ, सांस्कृतिक सम्पदा र विविध जातीय परम्पराले यो प्रदेशलाई पर्यटनका दृष्टिले अनन्त सम्भावनाहरू भएको क्षेत्र बनाएको छ । कोशी प्रदेश नेपालकै सबैभन्दा धनी प्रदेशमध्ये एक भए पनि यहाँको पर्यटन सम्भा...









