सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
मणिराम दाहाल / सुन्दरहरैंचा
माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको छ।
नेपाल राष्ट्रका प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको गरिमामय उपस्थितिमा तथा प्रमुख वाचक आचार्य पण्डित सुरेश रिसालको वाचनमा महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ।उप–वाचकका रूपमा प्रा. प्रचण्ड विद्वान श्री गोपाल भण्डारी तथा आचार्य पण्डित श...









