सुन्दरहरैँँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ।
स्वास्थ्य संस्थाको औपचारिक उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका थिए ।नवसञ्चालित क्लिनिकमा विशेषज्ञ चिकित्सकको परामर्श, अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध हुने सञ्चालक कविता कुमारी साहले जानकारी दिइन् । उनका अनुसार उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुट योजना लागू गरिएको छ। यसअन्तर्गत भिटामिन डी, भिटामिन बी–१२ तथा थाइराइड परीक्षणमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। साथै, ब्लड सुगर परीक्षण सधैं १० रुपैयाँमै उपलब्ध गराइने व्यवस्था गरिएको छ।
क्लिनिकमा बिहान र बेलुका वरिष्ठ एमबीबीएस चिकित्सकबाट नियमित स्वास्थ्य सेवा उपलब्ध हुनेछ। साथै, प्रत्येक महिनाको दोस्रो शनिबार कान्ति बाल अस्पताल, काठमाडौंका नवजात तथा बालरोग विशेषज्ञ डा. श्रीराम साहबाट विशेष सेवा प्रदान गरिनेछ। यसका अतिरिक्त डिजिटल एक्स–रे, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल फिजिसियन, छाला तथा यौन रोगलगायत विभिन्न विषयका विशेषज्ञ चिकित्सकबाट निश्चित दिनमा परामर्श तथा उपचार सेवा सञ्चालन गरिने जनाइएको छ। अत्याधुनिक ल्याबमार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध हुने व्यवस्था गरिएको छ।
स्थानीय नागरिकलाई गुणस्तरीय, सहज, भरपर्दो र सर्वसुलभ स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा ल्याइएको सञ्चालक साहकाे भनाइ रहेको छ ।





