सुन्दरहरैँचा / बालाजी ज्येष्ठ नागरिक समाज इटहरी १६ वालग्राम चोकले १३औँ स्थापना दिवसका अवसरमा चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

बृद्धबृद्धाको राम्रो स्याहार सुसार गर्ने एक जना बुहारीलाई पनि “असल बुहारी”को उपाधीकासाथ पुरस्कृत गरेको छ । यसरी सम्मानित हुने ज्येष्ठ नागरिकमा इटहरी १६ वालग्रामचोक निवासी बिष्णुप्रसाद तिम्सिना,लक्ष्मीदेवी तिम्सिना दम्पति रहेका छन् । सोही स्थान निवासी गौरीनाथ आचार्य र नरमाया बञ्जारालाई पनि सो अवसरमा सम्मानित गरियो । सो कार्यक्रममा यस संस्थामा आबद्ध ज्येष्ठ सदस्य रहेका
सासुससुराको असल तरिकाले सेवासुश्रुषा गर्ने बुहारीलाई पुरस्कृत गर्ने बार्षिक कार्यक्रम अन्तरर्गत यो बर्ष इटहरी १६ निवासी उमा वाँस्तोला।भट्टराईलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी वार्ड न.।१६ का वार्ड अध्यक्ष तेजनारायण चौधरी र किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शलिकराम ढकालले सम्मानित र पुरस्कृत गरेका थिए । समाजका अध्यक्ष भवनाथ लुईँटेलको सभापतित्वमा सम्पन्न यो १३ औँ स्थापना दिवस समारोहका प्रमुख अतिथि वार्ड नं. १६ का अध्यक्ष तेजनाराययण चौधरीले यो बालाजी ज्येष्ठ नागरिक समाजले विगतमा ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव गरेर इटहरी नगरलाई नै सांस्कृतिक रुपमा जागरुक गराएको चर्चा गर्दै यस संस्थाका विविध धार्मिक कार्यक्रमको पनि सराहना गरे। । आर्थिक बर्ष २०८३। ८४ मा विविध धार्मिक सामाजिक कार्यकमका लागि रु एकलाख रकम विनियोजित गरेको जानकारी दिए ।

कार्यक्रममा अग्रज पत्रकार कृष्णविनोद लम्साल,किसान कल्याण सहकारीका पण्डित गणेशप्रसाद ढकाल,पचरुखी ज्येष्ठ नागरिक समाज इटहरी ५ का अध्यक्ष गङगाप्रसाद दाहाल,वार्ड नं.७ का अध्यक्ष भवकृष्ण न्यौपाने,सिमरबना ज्येष्ठ नागरिक समाज इटहरी ५ का नविन पराजुली र ज्येष्ठ नागरिक बिष्णुप्रसाद कोइरालाले शुभकामना दिएका थिए

सवै बक्ताले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सवै ठाउँमा गरिन्छ तर यस समाजले थालनी गरेको असल बुहारी पुरस्कृत कार्यक्रम सराहनीय र अनुकरणीय रहेको पनि वताए । कार्यक्रममा गोपालप्रसाद अधिकारी,नरेन्द्र ,धिताल,मञ्जु कार्की , उमा धितालले सम्मानित र पुरस्कृत व्यक्तिहरुको जीवनी प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया