सुन्दरहरैँचा / आज विद्या, कला, संगीत तथा वाणीकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रद्धा र भक्ति साथ श्रीपञ्चमी पर्व मनाइँदै छ ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त ऋतुको आगमनसँग पनि जोडेर हेरिन्छ। श्री पञ्चमीका अवसरमा विद्यार्थी, शिक्षक, कलाकार तथा सर्जकहरूले देवी सरस्वतीको पूजा गरी विद्या, बुद्धि र सृजनशीलताको कामना गर्छन् । आजकाे दिन विद्यालय, कलेज, पुस्तकालय, मठ–मन्दिर तथा घरघरमा विशेष पूजा–आराधना गरिन्छ । बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ।

आजको दिन सेतो वा पहेँलो वस्त्र लगाउने, पहेँलो परिकार खाने र किताब, कलम, वाद्यवादन सामग्रीको पूजा गर्ने चलन छ। यस पर्वले ज्ञान, अनुशासन र सृजनात्मक सोचको महत्वलाई उजागर गर्ने विश्वास गरिन्छ। श्रीपञ्चमी पर्वले नेपाली समाजमा शिक्षा र संस्कृतिप्रतिको सम्मानलाई अझ मजबुत बनाउँदै आएको छ ।

सरस्वती वन्दना मन्त्र
या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥
🙏 अर्थ:
सेतो कमलमा विराजमान, सेतो वस्त्र धारण गर्नुभएकी, वीणा धारण गर्नुभएकी, ब्रह्मा–विष्णु–महेश्वरद्वारा वन्दित भगवती सरस्वतीले मेरो अज्ञान नाश गरी रक्षा गरून्।

तपाईको प्रतिक्रिया