बेलबारी नगर प्रमुखमा पर्वत खालिङ राई सर्वसम्मत सिफारिस, श्रम संस्कृति पार्टीद्वारा स्थानीय निर्वाचनको तयारी तीव्र
सुन्दरहरैचा / आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीले मोरङको बेलबारी नगरपालिकामा आफ्नो राजनीतिक तयारीलाई तीव्र बनाएको छ। पार्टीको बेलबारी नगर कार्यसमितिले नगर प्रमुख (मेयर) पदका लागि पर्वत खालिङ राईलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
नगर कार्यसमितिले जारी गरेको सिफारिस पत्रअनुसार २०८३ जेठ २८ गते सम्पन्न विस्तारित तथा सामूहिक बैठकले आगामी निर्वाचनको तयारी, नग...









