✍️ डिना राई
आय-व्ययको लामो हिसाव,
कसैको माया जम्मा भयो,कसैको पिडा…!
मायामा व्याज धेरै लाग्यो,
विश्वाशमा कर काटियो,
कसैले बाचा लोन लिए,
साथीहरु अडिट गर्न आए,
जिवन एउटा गोश्वारा भौचर …!
धुलो लागेको फाईलभित्र थन्किएका,
सम्झनाहरु पुराना बयान जस्तै .!
कुनै पानामा सपना चड्छ,
कुनै पानामा आँसु झर्छ ,
कति नाफा मुस्कानको,
कति घाटा आफ्नै मान्छेको …!
साच्चै, जीवन एउटा गोश्वारा भौचर ।
जोड-घटाउ, उधारो र भुक्तानीबीच,
नाफाको सपना बेच्दै ,
घाटाको यथार्थ किन्दै,
अन्यमा हिसाब मिलाउँदा थाह भयो-
आफ्नै खुशीको ईन्ट्री छुटेछ ….!
– बेलबारी , माेरङ





