लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
सर्लाही। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो। शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन...








