साजीलाल मा.वि.को ६० औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङ मोरङको सुन्दरहरैँचा–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
पाँच दिनसम्म सञ्चालन भएको वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। साथै, टिकाराम षडानन्द दाहाल स्मृति अक्षयकोषद्वारा आयोजित नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय ...









